काठमाडौं । भारतलले पाकिस्तामाथि शक्तिशाली बम प्रहार गरेकाे छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतीय वायुसेनाले आतंककारीको क्याम्पमा १ हजार किलोको बम खसालेको छ । जसकारण आतंककारीको क्याप पूर्णरुपमा ध्वस्त भएको छ । १२ वटा मिराज विमानले यो काम सम्मन्न गरेको भारतीय वायुसेनाले जनाएको समाचारमा उल्लेख छ ।
यसअघि पाकिस्तानी सेनाका डिजी आईएसपीआर आसिफ गफूरले भारतीय सेनाले एलओसी पार गरेर पाकिस्तानमा घुसेको बताएका थिए । त्यो समयमा भारत आक्रमण नगरी फर्किएको थियो तर यो पटक भने भारतले पाकिस्तानको आतंककारी क्याम्पमा आक्रमण गर्न सफल भएको छ ।
भारतको प्रशाशित क्षेत्र जम्मु कश्मिरमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतीयहरुले यो घटनाको कडा जवाफ दिने बताउँदै आएको थियो ।
Comments
Post a Comment