गौरीशंकरकाे ५५ औं दिवसमा पूर्वमन्त्री श्रेष्ठले भने: सरकार शिक्षाकाे आमूल परिवर्तनमा लागेकाे छ

रामेछाप । पूर्व गृह राज्यमन्त्री तथा संघीय सांसद श्यामकुमार श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको परिवर्तनसँगै शैक्षिक क्षेत्रको आमूल परिवर्तन गर्न सरकार तिव्र रुपमा लागिरहेको बताएका छन् ।

रामेछाप नगरपालिकाकाे गाैरवकाे रुपमा रहेकाे श्री गौरीशंकर मा. वि.को ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अथिति रहेका श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावकको मुख्य भूमिका रहेने बताए । उनले उक्त विद्यालयको शैक्षिक सुधारका लागि संघीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरे ।

त्यसैगरी प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले देशमा रहेको विकृतिलाई निर्मूल पार्न वर्तमान सरकार ज्वालामूखी भएर लागेको दावी गरे ।
पहिलो संविधान सभाका सदस्य तथा सत्तारुढ नेकपाका नेता तारानारायण श्रेष्ठले देशमा विद्यमान रहेको सवैखाले विभेदकासाथै शिक्षा क्षेत्रमा भएको विभेद पनि अन्त्य गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वको सरकारले एकीकृत रुपमा काम गरिरहेको धारणा व्यत्तल गरे ।

कार्यक्रममा सत्तारुढ नेकपाका युवा नेता आनन्द श्रेष्ठ र रामेछाप नगरपालिकाका उपमेयर र्सजना बस्नेतको पनि उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा श्रेष्ठका अनुसार कार्यक्रममा साना-साना नानिहरुले रमाइलाे नृत्य प्रस्तु गरेका थिए ।  माैसमका कारण कार्यक्रम प्रभावित भएपनि  भव्य रुपमा सम्पनन भएकाे उनले बताइन् ।

Comments