सुदूरपश्चिमका पहाडमा पुनः हिमपात, जनजीवन कष्टकर

काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लामा हिमपात भएको छ।

हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गमा पर्ने अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र बंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ।

यसैगरी दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु ,ब्यास, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ। हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन्।

यो वर्ष मात्रै सुदूरपहाडमा पाँच पटक हिमपात भएको छ।

Comments