बयालपाटा अस्पताल देशकै नमुना- बाबुराम भट्टराई

अछाम । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले अछाम स्थित बयालपाटा अस्पताल देशकै नमुना अस्पताल भएको बताएका छन् ।

देशव्यापी जनसम्बाद भ्रमणमा निस्केका भट्टराईले अछाम पुगरे अस्पतालको भम्रण गदै उनले बयलपाटा अस्पताल साच्चिकै नमुना भएको बताएका हुन् । समाजिक सञ्जाल टुव्युटर मार्फत पूर्वप्रधानमन्त्री समेत रहेका भट्टाराईले अस्पतालले दुर्गमका बिरामीलाई दिईरहेको निशुल्क सेवाको प्रशंसा समेत गरे । अन्तराष्टिय गैरसरकारी संस्था, नेपालकै निजि क्षेत्र तथा सरकारी अनुदानमा संचालित अस्पतालले बर्षेनी एक लाख बिरामीलाई निशुल्क उपचार दिएकोमा अस्पतालललाई धन्यबाद तथा बधाई व्यक्त गरेका छन ।

अस्पतालले पूर्ण डिजिटल प्रवधिी, सामुदायिक तथा दिगो स्वास्थ्य र निुशुल्क सेवाकोलागि धन्यावाद व्यक्त गरेका हुन । न्याय हेल्थ नेपालको संयोजनमा बयालपाटा अस्पताल सन २००८ देखी संचालनमा रहेको छ ।

Comments