काठमाडौं । पूर्व युवराज पारस शाहको अवस्था स्थिर भए पनि खतरामुक्त नभएको भन्दै नर्भिक अस्पतालले सीसीयुमा सारेको जनाएको छ ।
मुटुरोग विशेषज्ञ डाक्टरहरु यादवदेव भट्ट, जेपी जैसवाल, डाक्टर नग्मा श्रेष्ठ, डाक्टर प्रज्वल श्रेष्ठ, डाक्टर सन्तोष श्रेष्ठ लगायतले शाहको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएका थिए । सोमबार दिउँसो ४ बजे उनलाई हृदयघात भएपछि नर्भिकमा पुर्याइएको थियो। मुटुको नशाको अवस्था हेरेर आइसीयुमा भर्ना गरिएको थियो। डाक्टर भट्टले उनलाई वंशानुगत हर्ट अट्याक भएको जनाएका छन्। त्यसकारण उनको अवस्था जोखिममै रहेको डाक्टरहरुको टिप्पणी छ। यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहको पनि हृदयघात भएको थियो।
अस्पतालले ७२ घन्टापछि शाहलाई सीसीयुबाट नर्मल बेडमा सार्ने जनाएको छ तर डिस्चार्ज कहिले हुने भन्ने बारेमा यकिन नभएको अस्पतालले जनाएको छ।
Comments
Post a Comment