डा. केसीको माग पूरा हुन्छ, मलाई लाग्दैन कि यसरी व्यक्तिलाई मारिन्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पूरा गर्दा जनताको जित हुने बताएकी  छिन् ।

बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी कार्कीले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने बताइकी हुन् । सरकारसामु डा. केसीको माग पुरा गर्नुको विकल्प नभएको भन्दै कार्कीले आज मेडिकलको क्षेत्रमा भएको सुधार उनकै लडाइँबाट आएको दावी गरिन् ।

‘डा. केसीको माग पुरा गर्‍यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ । सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको हो मैले बुझेको छैन् ।’ उनले भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले केसी सन्यासी भएको भन्दै उनको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् । सरकारले माग पूरा गर्नुे कुराप्रति विस्वस्थ हुँदै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘मलाई लाग्दैन कि यसरी व्यक्तिलाई मारिन्छ । यदि इन्कार गर्‍यो भने तीन करोड नेपालको भावनामा ठूलो प्रहार हुन्छ । कहिल्यै नर्विसन चोट लाग्छ ।’

उनले डा. केसीलाई माग पुरा हुने कुरामा ‘निश्चिन्त हुन ढाडससमेत दिएकी छन् ।

Comments