क्यालेन्डरमा बिद्या बालन र सन्नी लियोनीका हट तस्विर ! सामाजिक सञ्जालमा भाइरल

एजेन्सी । बलिउडकी चर्चित फोटोग्राफर डब्बू रत्नानीले २०१९ को क्यालेन्डर सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको फोटो क्यालेन्डरमा बलिउडका चर्चित अभिनेता र अभिनेत्रीका बोल्ड तस्विरहरु रहेका छन् ।

रत्नानीले प्रत्येक बर्ष आफ्नो फोटो क्यालेन्डर सार्वजनिक गर्ने गरेकी छिन् । २०१९ को क्यालेन्डरमा सवैभन्दा हट तस्विर बिद्या बालन र सन्नी लियोनको रहेको छ । यो बर्ष बलिउडमा डेब्यू गरेका अभिनेत्रीहरुका बोल्ड तस्विरहरुले पनि क्यालेन्डरमा स्थान पाएका छन् । क्यालेन्डरका लागि बिद्या बालन, सन्नी लियोनी, टाइगर श्रॉफ, शाहरुख खान, आलिया भट्ट, किर्ति सननले फोटो सुट गरेका छन् तर बिद्या बालन र सन्नीको तस्विरहरु भाइरल बनेका छन् ।

Comments