काठमाडौं । दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सरकारले शहीद घोषणा गरेको छ ।
बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो । देशका लागि कर्तव्यपालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
मन्त्रिपरिषद् बैठकबाट कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गरिएको हो ।
Comments
Post a Comment