काठमाडौं । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।
बाँकी रहेका दुई जनामध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने छ ।
कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा यही माघ ११ गते शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो ।
Comments
Post a Comment