काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सबैलाई लोभ, लालच र भ्रष्टाचार त्याग्न आग्रह गरेका छन् ।
सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए । ‘नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मानिले यस देशलाई गरिब बनाउनु हुँदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले अब कसैले पनि अधिकारका लागि सहीद हुनुनपर्ने बताए । ‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब सहीद हुनु पर्दैन ।’
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले लैनचौरमा रहेको सहीद स्मारकमा माल्यर्पण समेत गरेका थिए ।
Comments
Post a Comment