काठमाडौं । संबैधानिक आयोगका अध्यक्षहरुको सुनुवाईमा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ । प्रतिपक्ष दलका नेता अनुपस्थित बैठकबाट संबैधानिक परिषदले अध्यक्षहरु सिफारिस गरेको भन्दै कांग्रेसले असन्तुष्टी जनाएको छ ।
प्रतिपक्ष दलसँग सल्लाह नै नगरी गरिएको सिफारिस आफ्नो पार्टीलाई मान्य नहुँने कांग्रेसले तर्क गरेको छ । कांग्रेसको अवरोधले सोमबारदेखि गर्ने भनिएको सुनुवाई प्रभावित बनेको छ । पहिलो दिन प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गर्ने कार्यसूची थियो । ७ माघमा बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न पाँचवटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा।विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस भएको छ ।

Comments
Post a Comment