साउथ इन्डियन मलयालममा सनी लियोनीको धमाल

एजेन्सी । पोर्न स्टारबाट बलिउड छिरेकी सनी लियोनीले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छिन् । उनले फिल्म सूटिङका तस्विरहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् । उनका तस्विरहरु सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका छन् ।

सनी लियोन मलयालम फिल्ममा सुपरस्टार माम्मूटीसँग साथ देखिने भएकी छिन् । यतिबेला उनी आफ्नो डेब्यू फिल्म मथुरा राजको शूटिङमा ब्यस्त भएकी छिन् । साउथ इन्डियामा माम्मूटीलाई निकै ठुलो स्टार कलाकार मानिन्छ । उनीसँगै सनीले स्क्रिन सयर गर्ने भएकी छिन् । मधुरा राजाभित्रको पोक्किरी राजाको सिक्वल बन्दैछ । यसपछि सनी रंगीला फिल्मको शूटिङमा जाने भएकी छिन् । पछिल्लो समय उनी निकै ब्यस्त अभिनेत्री बनेकी छिन् ।

Comments