नेपाल घरेलु टोली युएईसंग २१ रनले पराजित

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)संग नेपाल पराजित भएको छ । बिहिबार भएको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपाल युएईसंग २१ रनले पराजित भएको हो ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दै ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले ५३ अर्धशतकीय इनिङस खेले । यस्तै सोमपाल कामीले २७ तथा कप्तान पारसले २५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोताले अविजित २० रन बनाउदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २र२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १र१ विकेट लिए ।

घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपालले अब शुक्रबार दोस्रो टी(ट्वान्टी खेल खेल्नेछ ।

Comments