भारतीय चर्चित गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु

एजेन्सी । भारतकी चर्चित पप गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ । उत्तर प्रदेशको आग्राबाट स्टेज शो गरी दिल्ली फर्किदै गर्दा कार दुर्घटना परेको थियो ।

जमुना एक्सप्रेस नजिक उनी सडक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा उनका पति निखिल भाटिया गम्भिर घाइते भएका छन् । उनको उपचार भइरहेको भारतीय मिडियाले जनाएका छन् । मथुराका सुरिर कोतवाली दुर्घटना भएको थियो ।

शिवानी भाटिया विहार सीतामढ़ी निवासी थिइन । तर पछिल्लो केही बर्षदेखि उनी दिल्लीको लाजपतनगरमा पतिसँग बस्दै आएकी थिइन । दिल्ली, युपी र बिहारमा उनी निकै चर्चित गायिका थिइन । पतिले चलाईरहेको कार एक ठुलो गाडीमा ठोक्किएको थियो । त्यस लगतै उनलाई अस्पताल लगिएको थियो । तर अस्पतालले मृत घोषणा गरयो ।

Comments