बर्नेमाउथसंग लण्डन क्लब चेल्सी स्तब्ध

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा लण्डन क्लब चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी बर्नेमाउथसंग ४–० गोल अन्तरको अप्रत्यासित हार बेहोरेको छ ।

बर्नेमाउथको घरेलु मैदानमा चेल्सीलाई हराउन जोसुवा किङले दुई गोल गरेका थिए भने डेभिड ब्रुक्स र चार्ली ड्यानिल्सले एक एक गोलको योगदान गरेका थिए । बर्नेमाउथसंग हार बेहोरोपछि चेल्सीले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँचौ स्थानको चेल्सीले २४ खेलबाट ४७ अंक जोडेको छ । बर्नेमाउथ ३३ अंक जोडेर दशौँ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा टोटेनह्यामले वाट्फोर्डलाई २–१ गोल अन्तरले हराएको छ । जितपछि टोटेनहमले २४ खेलबाट ५४ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटी भन्दा टोटेनह्याम २ अंकले पछि छ ।

Comments