नेपालले पाचौँ विकेट गुमायो, रोहित ४ रन बनाएर आउट

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायमै राखेको छ ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट पनि गुमाएको छ ।

नेपालले पाचौ विकेटको रुपमा रोहित कुमार पौडेललाई गुमाएको हो । रोहित ४ रन बनाएर पाँचौ विकेटको रुपमा आउट भए । उनलाई जोहार खानले क्याच आउट गरेका हुन् ।

यसअघि चौथो विकेटको रुपमा नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का २५ रन बनाएर आउट भए । ओपनिङ गर्न आएका पारस २५ बल खेल्दै २५ रन बनाएर आउट भए । उनले ४ चौका प्रहार गरे ।

पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७।५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए । अहिलेसम्म नेपालका प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए ।

क्रिजमा अहिले सन्दीप जोरा र करण केसी रहेका छन् । ताजा अवस्थामा नेपालले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

Comments