नेपालले अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक हैसियत बनाउन सफल भएकाे छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा पहिलोपटक नेपालले छिमेकी मुलुकहरूसँग समान हैसियत स्थापित गरेको बताएका छन्।

आफ्नो नेतृत्वमा सरकार सञ्चालन भएपछि नेपालले अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक हैसियत बनाउन सफल भएकाे बताएका हुन् ।

गृहनगर झापाको दमकमा बिहीबार बृहत बाल महोत्सवको उद्घाटन क्रममा प्रधानमन्त्री ओलीले कसैका विरुद्धमा भनै नेपालको हितलाई सर्वोपरी बनाएर छिमेकी मुलुकहरूसँग समान हैसियत स्थापित गरेको बताए । उनले यो असाधारण कुरा भएकोसमेत दावि गरेका छन् ।

संयुक्त राष्ट्रसंघदेखि डावोससम्मका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले नेपालमा संघीयता कार्यान्वयन र विकास निर्माणको अवस्थाका बारेमा जानकारी गराएको र त्यसबाट विश्व समुदाय नै चकित भएको उनले बताए।

सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य बनाएको सरकारले बालबालिकाहरूको भविष्य सुनिश्चित हुने ढंगबाट योजनाबद्ध कार्यहरू गर्दै आएको भन्दै अब कुनै पनि विद्यालय जाने उमेरको बालबालिका विद्यालय बाहिर हुने अवस्था नरहनेसमेत तर्क गरे।

Comments