म्यान्चेष्टर युनाइटेडले बर्नलीसंग बराबरी खल्दै अंक बाँड्यो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नलीले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा गएराति भएको खेलमा युनाईटेडले दुई शून्यले पछि परेको अवस्थामा खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा बार्नेसले गोल गर्दै बर्नलीलाई अग्रता दिलाए । त्यसपछि ८१ औ मिनेटमा उडले टिमको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको युनाईटेडले ५ मिनेटमा दुई गोल फर्काउदै खेल बराबरी गर्‍यो ।

उसले ८७ औं मिनेटमा पउल पोग्वाको पेनाल्टी गोलमार्फत खेल दुई एकमा झार्‍यो भने खेलको इन्जुरी समयमा लिन्डोल्फले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । नयाँ प्रशिक्षक आएपछि लगातार जीत निकालेको युनाईटेड बराबरीमा चित्त बुझाउन बाध्य भयो ।बराबरीपछि युनाईटेडको २३ खेलबाट ४५ अंक भएको छ । बर्नली २४ खेलबाट २३ अंक सहित १५ औं स्थानमा रहेको छ । गएराति नै भएको खेलमा उल्भ्सह्याम्टनले वेष्टह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

Comments