डेब्यु खेलमा सन्दीप जोराले हाने अर्धशतक

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईविरुद्ध नेपालका युवा खेलाडी सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले अर्धशतक पुरा गरेका हुन् ।

सन्दीपले ४२ बलमा ५० रन पुरा गरेका हुन् । सन्दीपले डेब्यु खेलमै अर्धशतक बनाएका हुन् । यसै खेलबाट सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।

सन्दीपले युएईविरुद्धको खेलमै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा समेत डेब्यु गरेका थिए ।

Comments