पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, आज सिसियूबाट वार्डमा सारिदै

काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई सिसियूबाट वार्डमा सारिएको छ । हृदयाघात भएपछि दुई दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार उनी बोल्न, र आफै खाना खान सक्ने भएका छन् । मंगलबार लिइएका सबै रिपोर्टहरू सकारात्मक रहेको अस्पतालले जनाएको छ । ‘उहाँको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छ, सम्भवतः आज सिसियुबाट वार्डमा सारिनेछ’ अस्पतालले भनेको छ ।
बोल्न, आफै खाना खान र हिडडुल गर्न सक्ने भएपछि सिसियूबाट उनलाई वार्डमा सारिन लागेको हो । बुधबार बिहान रगतको नमूना, इसिजी, इको, मुटुका रत्तनलीहरूको परीक्षण गरिएको छ । त्यसको रिपोट आएपछि वार्डमा सारिने भएको छ ।

Comments