६३ बैठक र दुई अधिवेसनसहित कर्णाली प्रदेश सभाकाे एक वर्षे यात्रा पुरा

काठमाडौं । संसदका ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा पहिलोे वैठक बसेको कर्णली प्रदेश सभाले एक वर्षको अवधिमा ६३ बैठक सम्पन्न गरेको छ । २०७४ माघ १ गते कर्णाली प्रदेश सभाको पहिलो बैठक सञ्चालन भएको थियो।

कर्णाली प्रदेश सभाले ६३ बैठकमा ७६ घण्टा ११ सेकेण्ड खर्चिएको छ भने यो अवधिमा दुई अधिवेसनसमेत भएको छ । पहिलो अधिवेशनअन्तर्गत ८७ दिनको अवधिमा २६ घण्टा ४३ मिनेट सभा सञ्चालन भएको छ।

कर्णाली प्रदेश सभाको २०७४ माघ २६ गते बसेको बैठकले सभामुखमा राजबहादुर शाहीलाई नियुक्त गरेको थियो । त्यसैगरी २०७४ फागुन ५ गतेको बैठकबाट उपसभामुखमा पुष्पा घर्तीलाई चयन गरिएको थियो।

प्रदेश सभामाको दुई तिहाइभन्दा बढी मतले २०७४ फागुन १२ गते बसेको सभाको चौथो बैठकबाट प्रदेश नं. ६ को नामाकरण कर्णाली प्रदेश गरेको थियो। सोही बैठकबाट प्रदेशको राजधानी वीरेन्द्रनगर तोकिएको थियो।

यस्तै, मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले फागुन १५ गते बसेको पाँचौं बैठकबाट प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका थिए ।

२०७५ जेठ अन्तिममा बसेका १३ औं, १४ औं र पन्ध्रौं बैठकबाट कार्णाली प्रदेश सरकरको नीति तथा कार्यक्रम पारित भएको थियो।

सोह्रौं र सत्रौं बैठकबाट कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५ ०७६ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट र त्यस विधेयकसँग सम्बन्धित कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश आर्थिक विधेयक, २०७५ र कर्णाली प्रदेश ऋण उठाउने विधेयक, २०७५ सभा समक्ष टेबुल गरिएको थियो।

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशनको भने टुंगो छैन। संसद्को दोस्रो अधिवेशन कात्तिक १८ गते अन्त्य भएको थियो।

Comments