नेपाली समाजमा राजनीति र खेलको गहिरो सम्बन्ध छ–प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल र राजनीतिबीच गहिरो सम्बन्ध भएको बताएका छन् । दौडि जितेर राजा बन्ने प्रचलनको सम्झना गर्दै प्रधानमन्त्री ओलीले राजनीति र खेलबीच नेपाली समाजमा गहिरो सम्बन्ध भएको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरानो प्रचलनको सम्झना गरेका हुन् । ‘नेपाली समाजमा खेल र राजनीतिको पुरानो सम्बन्ध छ’ उनले भने ‘दौडको खेल जितेर राजा बन्ने चलन नेपाली समाजमा मात्रै थियो, यसबाट पनि भन्न सकिन्छ खेल र राजनीतिको सम्बन्ध गहिरो छ ।’
धुर्मुस–सन्तुली फाउन्डेशनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणासभामा प्रधानमन्त्री ओलीले धुर्मुस र सन्तुलीको निकै प्रसंसा गरे । उनले आर्थिकरुपमा सम्पन्न ब्यक्तिले मात्र समाज सेवा गर्न नसक्ने इच्छा शक्ति भएको ब्यक्तिले चाहेको काम गर्न सक्ने बताए । ‘गोजीमा चिया खाने पैसा छ की छैन, तर रंगशाला बनाउन धुमुस सन्तुली लाग्नु भएको छ, मेरो तर्फबाट सवै सहयोग हुन्छ’ प्रधानमन्त्री ओलीले भने । उनले धुमुस–सन्तुली जस्तै बन्न सवैलाई आग्रह पनि गरे ।

Comments