भोली पनि संसद अवरुद्ध गर्दै कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बिहिवार पनि संसद अवरुद्ध गर्ने भएका छन् ।

बुधवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो । भोली बिहिवार संसदको बैठक बोलाइएको छ ।

आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ । कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेको छ

तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर छलफलै नगरी अगाडि बढाइएको आरोप लगाए ।

डा. केसीसँग भएको सम्झौताका कतिपय विषय उल्टाइएर सरकारले विश्वार नै गुमाएको खाँडले बताए ।

Comments