देशमा भ्रष्टाचार बढेकै हाे, एक दशकमा सहि ट्रयाकमा ल्याउँछाैं : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दश वर्षमा देशकाे राजनीति सफा हुने बताएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बाेल्दै प्रचण्डले एक दशकभित्र नेपालको राजनीतिलाई सही ट्र्याकमा ल्याउने बताएका हुन् ।

नेपालकाे वर्तमान राजनीति फाेहाेर भएकाे स्वीकार गर्दै उनले सबैकाे खबरदारीकाे आवश्यकता रहेकाे बताए । उनले देशमा भ्रष्टाचार, अनियमितता व्याप्त रहेको स्वीकार्दै सचेत नागरिकको खबरदारी र राजनीतिक दलको इच्छाशक्तिबाट शुद्धिकरण हुने बताए ।

रंगशाला निर्माणको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ। देश विदेशमा रहेका नेपालीहरू मार्फत रंगशालाका लागि स्वेच्छिक रुपमा सहयोग संकलन गरिने फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए।

Comments