नेपाललाई छैटौ सफलता, यूएईका कप्तान मोहम्मद एक रनमा आउट

काठमाडौं । यूएईविरुद्धको पहिलो टी –२० खेलमा यूएईले छैटौ विकेट पनि गुमाएको छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले छैटौ विकेट गुमाएको हो । यूएईका कप्तान मोहम्मद नाभिद एक रनमा आउट भए । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । यसअघि शैमन अन्वारले ५९ रन बनाएर आउट भएका थिए । उनको विकेट अभिनाश बोहोराले लिएका थिए ।

युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सोमपाल कामी र एक(एक विकेट लिएका छन् ।

१८ ओभरको समाप्तिमा यूएईको ६ विकेटको क्षतिमा १३८ रन भएको छ ।

Comments