महालक्ष्मी विकास बैंकको २१ लाख कित्ता लाभांश शेयर सूचीकृत

काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपाल स्टक एक्सचेञ्जमा २१ लाख सात हजार ३७ कित्ता  लाभांश शेयर सूचीकृत भएको छ। बैंकको त्यस परिमाणको शेयर लाभांश मंगलबार सूचीकृत भएको हो।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् ५७ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश  शेयर दिने भएको छ। बैंकको हाल कूल चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ।

यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी पाँच करोड ७६ लाख रुपैयाँको १० प्रतिशतको दरले वितरण गर्दै छ। उक्त शेयर लाभांश भुक्तानी गर्दा  वापत लाग्ने तीन लाख तीन हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

Comments