अनशन तोडेर जीवन रक्षा गर्न केसीलाई देउवाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । २३ दिनदेखि अनशनरत केसीलाई अनशनस्थल शिक्षण अस्पताल पुगेर बुधवार देउवाले अनशन तोड्न आग्रह गरेका हुन्।

सभापति देउवाले सरकारले माग पुरा गरेन भनेर ज्यान नफाल्न केसीलाई सुझाब दिएका थिए । सरकारले अनशनरत केसीसँग वार्ताको लागि कुनै चासो नदेखाएपछि अहिलेलाई आफ्नो जीवनरक्षा गर्न आग्रह गरेका थिए ।

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विेधेयक पारित भए लगत्तै देउवालगायत कांग्रेस नेताहरु केसीको पुगेका थिए।

Comments