इंग्लिश प्रिमियर लीगमा आज ६ खेल हुँदै

काठमाण्डौ । इंग्लिश प्रिमियर लीगमा आज ६ खेल हुँदैछन । आजको खेलमा लीगको दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीलले न्युक्यासल युनाइटेडसंग प्रतिस्पर्धा गर्दैछ ।

आर्सनलले कार्डिफ सिटीसंग खेल्दै छ । म्यान्चेष्टर युनाइटेडले बर्नलीसंग प्रतिस्पर्धा गर्दैछ । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा जीत निकाल्दै सिटी शीर्ष स्थानमा रहेको लिभरपुलसंग अंकदूरी साघुरो बनाउने लक्ष्यका साथ मैदान उत्रने छ । उता खराब लयबाट गुज्रिरहेको आर्सनल कार्डिफलाई हराउँदै शीर्ष ४ भित्र पर्ने कोशिसमा हुनेछ , भने नयाँ प्रशिक्षकमा गुनर सोल्सायर आएपछि अपराजित रहेको म्यान्यू बर्नलीलाई हराउँदै चेल्सीसंगको दूरी कम गर्ने उदेश्यका साथ मैदान उत्रने छ ।

Comments