गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानबीच खेलाउँछौ–रेणु दाहाल

काठमाडौं । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत र पाकिस्तानबीच गराउने लक्ष्य लिइएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छिन् । बुधबार गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सम्झौता कार्यक्रममा मेयर दाहालले भारत र पाकिस्तानबीचको तुस नेपालको रंगशालाबाट मेटाउने उदेश्य राखिएको बताइन ।
धुमुर्स–सन्तुली फाउन्डेशनले ३ अर्बको लगानीमा २ बर्षभित्र गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा निर्माण गरिसक्ने लक्ष्य लिएको छ । ‘दुई बर्षपछि भारत र पाकिस्तानबीच हामी पहिलो खेल गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बनाउने लक्ष्य लिएका छौ’ मेयर दाहालले भनिन् ‘भारतमा म्याच खेल्न पाकिस्तानी खेलाडी जाँदैनन, भारतका खेलाडी पाकिस्तान पुग्दैन, तर हामी दुवै देशका खेलाडीलाई यही रंगशालामा ल्याएर पहिलो खेल खेलाउन चाहन्छौ ।’
३० हजार दर्शक क्षमता भएको रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले २ सय विघा जमिन उपलब्ध गराउने सम्झौता भएको छ । सुविधा सम्पन्न अन्तराष्ट्रिय विमान स्थलको निर्माणमा ३ अर्ब भन्दा बढि रकम खर्च हुने प्रारम्भीक लक्ष्य लिइएको छ ।

Comments