‘म आँख मारिदिन्छु, दिउँसै रात पारिदिन्छु……’

काठमाडौं । नेपाली चलचित्र ‘गुप्त’ मा अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेकी छिन् । पछिल्लो समय नेपाली फिल्ममा आइटम डान्स एउटा अभिन्न भाग नै बनेको छ । आइटम ड्रेसमा सुष्माले निकै आकर्षण डान्सगरेकी छिन् ।
‘म आँख मारिदिन्छु, बर्वाद पारिदिन्छु’ गीतको बोलमा सुष्माले आइटम डान्स गरेकी छिन् । गायिका सहिमा श्रेष्ठका आवाज रहेको यो गितमा ‘म आँख मारिदिन्छु, दिउँसै रात पारिदिन्छु’ भन्ने शब्द पनि राखिएको छ । सजन श्रेष्ठको संगित र राजकर्माकारको शब्द रहेको यो गितको भिडियो सार्वजनिक गरिएको छ ।
दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालको निर्माण रहेको यो फिल्ममा राज रोय र भोजराज घिमिरेले संयुक्त निर्देशन गरेका छन् भने भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बुले अभिनय गरेका छन् ।

Comments