युएईविरुद्ध बलिङ गर्दै नेपाल, सन्दीपले लिए पहिलो विकेट

काठमाडौं । यूएईविरुद्धको टी-ट्वान्टी क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।सन्दीपले खेलको दोस्रो ओभरको पहिलो बलमै अस्फाक अहमदको विकेट लिएका हुन् । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ । नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो ।

गएको वर्ष मार्चमा एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

Comments