प्रधानमन्त्रीज्यू, म पापको भारी बोकी यो धर्तिबाट विदा हुन चाहन्न–धुर्मुस

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले धुमुस सन्तुली फाउन्डेशनलाई आर्थिक हिसावमा स्वच्छ रहन सुझाव दिइरहेका फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले कुनै पनि बहानामा आर्थिक हिनामिना नहुँने बचन दिएका छन् ।

धुर्मुस–सन्तुली फाउन्डेशनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । घोषणा कार्यक्रममा पुगेका वरिष्ठ कलाकार मदनकृष्ण र प्रधानमन्त्रीले स्वच्छ र सक्रिय बन्न धुर्मुसलाई सल्लाह दिएका थिए । धुर्मुस–सन्तुली फाउन्डेशनले सहयोग स्वरुप उठेको रकम हिनामिना गरेको बाहिर हल्ला पनि चलेका छन् । त्यही बिषयलाई लक्षित गरी मदनकृष्ण र प्रधानमन्त्री ओलीले स्वच्छ र सक्रिय हुन आग्रह गरेका छन् ।

मदनकृष्ण र प्रधानमन्त्रीको सुझावपछि धुर्मुसले पापको भारी बोकेर धर्तिबाट आफु विदा हुन नचाहेको स्पष्ट जवाफ दिएका छन् । ‘म पापको भारी बोकेर यो धर्तिबाट बिदा हुन चाहन्न’ धुर्मुसले भने ‘ नागरिकको कर्तब्य पुरा गर्न म लागि परेको छु, आफ्नो पसिना काटेर दिएको सहयोगमा कुनै पनि अनिमितता हुँदैन, म पापको भारी बोक्न चाँहदिँन ।’

उनले चितवनमा बन्ने रंगशाला नेपाल शैलीको हुने बताए । ‘यो विश्वकै नमुना रंगशाला हुनेछ, नेपाली शैली र कलामा आधारित रंगशाला बनाउने योजना हामीले गरेका छौ’ धुर्मुसले भने ‘विश्वमै जनताको लगानीबाट बनको पहिलो अन्तराष्ट्रि रंगशाला हुनेछ ।

Comments