भ्रष्टचार नियन्त्रण गर्ने निकायबाटै भ्रष्टचार भएकाे पाइयाे : प्रधानमन्त्री ओली

काठमाडाैं ‌। प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्टचार नियन्त्रण गर्न अधिकार हातमा लिएर बसेको ठाउँबाटै भ्रष्टचार भैरहेको बताएका छन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारतर्फ इङित गर्दै नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने गरेकाे पाइएकाले अब त्यस्तो हुन नदिने दावी गरे ।

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’ प्रधानमन्त्री ओलीले भने ।

चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले भ्रष्टाचारको अन्त्य हुने वातावरण निर्माण गर्न सरकार लागिपरेकाे बताए ।

अहिले सरकार द्वन्द्वका घाउमा मलमपट्टी लगाउने कामा लागेकाे भन्दै प्रधानमन्त्री ओलीले देशमा फेरि केही तत्वहरु द्वन्द्व फैलाउन लागिरेकाे तर त्यसाे हुन नदिन सरकार चनाखाे रहेकाे बताए ।

डाभाेस बैठकमा पनि आफूले नेपालमा लगानीका लागि आव्हान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मिलेर विकास गराैं भन्ने हाम्रो कुरामा विश्व सहमत भएकाे दावी गरे ।

Comments