नेपालले चौथो विकेट गुमायो, कप्तान पारस खड्का आउट

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायम राखेको छ ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा कप्तान पारस खड्का २५ रनमा गुमाएको छ । उनी आउट भएसँगै नेपाल दबाबमा आएको छ । यसअघि ज्ञानेन्द्र मल्ल आउट सात रन बनाएर आउट हुदा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भएका थिए । त्यस्तै, प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा रहेको छ ।

Comments