लोकसभा निर्वाचनमा भारतले माग्यो नेपालसँग सुरक्षा सहयोग, विहारको मोतिहारीमा बैठक सम्पन्न

काठमाडौं । लोकसभा निर्वाचनमा भारतले नेपालसँग सीमा सुरक्षा सहयोग मागेको छ । यही बर्ष हुने लोकसभा निर्वाचनका लागि भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा हुने गतिविधिमा सहकार्य गर्न नेपाली सुरक्षाकर्मीसँग आग्रह गरेको छ । बिहार राज्यको मोतिहारीमा मंगलबार सम्पन्न दुईपक्षिय सुरक्षा बैठकमा भारतले निर्वाचन सुरक्षा मागेको हो ।
भारतले सीमामा हुने शंकास्पद गतिविधीको सूचना र सदिग्ध ब्यक्ति तथा संस्थालाई निगरानी बढाउन नेपाल सरकारसँग आग्रह गरेको छ । नेपाली सुरक्षा अधिकारीहरुसँग भारतीय सुरक्षा अधिकारीले निर्वाचन अवधिसम्म सुरक्षा सहयोग गरिदिन आग्रह गरेको छ । लोकसभा निर्वाचन बिथोल्न केही समुह सक्रिय भएको उल्लेख गर्दै भारतीय सुरक्षा अधिकारीहरुले सूचना आदान प्रदानको प्रस्ताव राखेका थिए । नेपालका सुरक्षा अधिकारीहरुले भारतीय सुरक्षा अधिकारीहरुको प्रस्तावलाई स्वीकार गरेका छन् । नेपालबाट रौतहट, बारा, पर्सा, चितवन, पश्चिम र पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान विभागका अधिकारी बैठकमा सहभागी थिए।

Comments