अमेरिकाको सडकमै रिवालाई आएको त्यो फोन…

एजेन्सी । भोजपुरी फिल्मका सुपरस्टार रवि किशनकी छोरीले बलिउडमा डेब्यू गरेकी छिन् । ‘सब कुशल मंगल है’ फिल्मबाट उनले डेब्यू गर्न लागेकी हुन् । पद्मिनी कोल्हापुरीको निर्देशन र प्रदीप शर्माको लागतमा निर्माण हुन लागेको सव कुशल मंगल है बाट उनले फिल्ममा डुब्यू गर्न लागेकी हुन् ।
रवि किशनकी छोरी रीवा किशन पद्मिनी कोल्हापुरी र प्रदीप शर्माका छोरा प्रियांक शर्मा, अक्षय खन्नासँग अभिनय गर्ने भएकी छिन् । नितिन मनमोहनले प्रोडक्सन गर्न लागेको यो फिल्ममा एउटा संयोग परेको छ । रवि किशनलाई पनि मनमोहनले नै बलउडमा स्थापित गराएका थिए । फिल्मा डेब्यू गर्न लागेकी रिवाले खुसी हुँदै भनेकी छिन् ‘जतिबेला मलाई फिल्मको अफरसहित फोन आयो त्यो बेला म अमेरिकामा थिँए, मेरो अंकलले मलाई यो खुस खवर दिएका थिए ।

Comments