काठमाडौं । निर्मला बलात्कारपछि हत्याकाण्डमा सर्वाधिक आरोप खेपिरहेकी कञ्चनपुरकी बम दिदिबहिनीलाई मानवअधिकारकर्मीमाथी आक्रोस पोखेकी छिन् । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी डान्सबारमा काम गर्ने केटी भन्दै आफुहरुमाथी आरोप लगाइएको बताइन । प्रहरी र छानविन आयोगले आफुहरुलाई ‘क्लिन चिट’ दिएपनि निर्मला हत्या प्रकरणमा आफुहरुलाई दोषि करार गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
बबिता र रोशनी बमले केही मानवअधिकार कर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख भन्दै आपत्ति जनाएका हुन् । ‘घटनाका बिषयमा हामीसँग कुनै जानकारी नै लिइएन, तर अधिकारकर्मीले डान्स बारमा काम गर्ने केटी भनेर प्रतिवेदनमा लेखे’ वविताले पत्रकार सम्मेलनमा भनिन् ‘निर्मला पन्तलाई एक/दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेकी थिएँ, त्यो भन्दा बढि म उनलाई चिन्दिँन्थे ।’ तर सञ्चारकर्मी र अधिकारकर्मीहरुले आफ्नो चरित्र हत्या गरेको बताइन । ‘मेरो चरित्र हत्या भएपछि न्याय माग्न काठमाडौं आएका छौ, अब भनिदिनु परयो हामी कुन डान्सबारमा काम गर्छाै’ उनले पत्रकार सम्मेलनमा भनिन् ।
पत्रकार सम्मेलनमा निर्मला पन्तको घटना सत्यतथ्य बुझिदिन रोशनी बमले आग्रह गरिन । ‘निर्मलाको हत्याबारे सत्यतथ्य छानविन तपाईहरुले गरिदिनु परयो’ उनले भनिन् ‘निर्मला मेरो कलासमेट हो तर धेरै चिनजान थिएन, कहिले काँही बोल्ने मात्र गरेका थियौ ।’ उनले निर्मलाको हत्यालाई लिएर मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गरेको र धम्क्याउन नछोडेको बताइन । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि बताइन ।

Comments
Post a Comment