कांग्रेसको छाया सरकार गठनमा सकस, छाया मन्त्री बन्न शिर्ष नेतासँग तिव्र लविङ !

काठमाडौँ । कम्यूनिष्ट सरकारको निगरानी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छाया सरकार बनाउने निर्णय गरयो । तर २७ सांसदहरुले शक्तिशाली मन्त्रालयमा दावी गरेपछि छाया सरकार गठनमा सकस भएको छ । अधिकाँस सांसदहरुले अर्थ, गृह जस्ता मन्त्रालयमा दावी गरेपछि कांग्रेसका छाया सरकार गठनमा सकस परेको छ । सांसदहरुले फारम नै फरेर शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि छाया सरकार गठनमा समस्या आएको हो ।

शक्तिशाली र आकर्षक मन्त्रालयको जिम्मेवारी लिन बास्तविक सरकार गठन जस्तै लविडमा लागेका छन् । इच्छाएको मन्त्रालय पाउन ‘भनसुन’ गर्न थालेको स्रोतले बताएको छ । प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले छाया सरकार गठनको गृहकार्य गरिरहेका छन्। उनीहरुलाई भनसुन गराउन कांग्रेसका सांसदहरुले लविड थालेका छन् ।

कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित हेर्न २२ वटा समिति बनाउने तयारी छ। यसका लागि इच्छाएको मन्त्रालय हेर्ने गरी सांसदको नाम मागिएको थियो। त्यसमा प्रभावशाली नेताहरुले आफ्नो इच्छा लिखित रुपमा दिएका थिए । विनोद चौधरीले अर्थ र परराष्टमन्त्रालय मागेका छन् भने डिला संग्रौलाले गृहमन्त्रीमा दावी गरेकी छिन् । पार्टी कोषाध्यक्ष सीतादेवी यादवले वन वातावरण, शिक्षा र सामान्य प्रशासन मन्त्रालयमा दावी गरेकी छिन् भने चित्रलेखा यादवले शहरी विकास, भौतिक पूर्वाधार र शिक्षा मन्त्रालयमा दावी पेश गरेकी छिन् ।

Comments