नेपालको छैटौं विकेट पतन, करण केसी पनि आउट

काठमाडौं । यूएईविरुद्ध १५४ रनको लक्ष्य पछ्याएको नेपालले महत्वपूर्ण विकेटका रुपमा करण केसीलाई पनि गुमाएको छ ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा ब्याटिङ गरिरहेको नेपालले छैटौ विकेट पनि गुमाएको हो ।

नेपालले छैटौं विकेटको रुपमा करण केसीलाई चार रनमा गुमाएको हो । यसअघि रोहित कुमार पौडेल पनि चार रनमा मै आउट भएका थिए । कप्तान पारस खड्का २५ रनमा आउट भए ।

त्यस्तै, ज्ञानेन्द्र मल्ल आउट सात रन बनाएर आउट हुदा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भएका थिए । त्यस्तै, प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए । १४ ओभरको समाप्तिमा नेपालको स्कोर छैटौ विकेटको क्षतिमा ८९ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।

त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

Comments