प्रचण्डको भेनेजुएला बिज्ञप्तीमा माधव नेपालको ड्राफ्ट ! प्रधानमन्त्री ओली धर्म संकटमा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो पक्ष र अमेरिकाका विपक्षमा विज्ञप्ती निकाल्दा नेकपाका शिर्ष नेताहरुसँग छलफल गरेको तथ्य खुलेको छ । भेनेजुएलाका बिषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् भने पार्टीभित्र र कुटनीतिक क्षेत्रमा बिज्ञप्तीको बहस भइरहेको छ । पार्टी अध्यक्ष प्रचण्डले हतारमा बिज्ञप्ती निकालेको भन्दै पार्टीभित्र एकथरीले आलोचना पनि गरिरहेका छन् । ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहिर भएको बेला हतारमा बिज्ञप्ती निकाल्न हुँदैन्थ्यो’ नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।

तर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग छलफल गरेर बिज्ञप्ती निकालेको तथ्य खुलेको छ । १० माघमा ललितपुरमा बसेको पाँच नेताको बैठकले भेनेजुएलाका कम्यूनिष्ट राष्ट्रपति र त्यहाँको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरी दादागिरी गरेको निस्कर्ष निकालेका थिए । नेपालले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने सुझावपछि प्रचण्डले ११ माघमा बिज्ञप्ती निकालेका थिए ।

‘बिज्ञप्ती नै त्यही तयार भएको हो’ नेकपाका एक नेताले भने ‘तयार भएको विज्ञप्ती माधव नेपाल र नारायणकाजीले हेर्नुभएको थियो ।’ बिज्ञप्ती निकालेर नेकपाका नेताहरुले चीन र रुसको पक्षमा आफुहरुलाई उभ्याए भने प्रधामन्त्री केपी शर्मा ओलीलाई अप्ठेरोमा पारिदिए । पाँच नेताको सल्लाहमा निस्केको बिज्ञप्तीले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरामा पारिदिएको छ । अमेरिकी दूतावासले सरकारको औपचारिक धारणा मागेपछि सरकारले पनि भेनेजुएलाका बिषयमा आफ्नो धारणा सार्वजनिक गर्न बाध्य भएको छ ।
‘सरकारले यो बिषयमा आफ्नो धारणा सार्वजनिक गर्दैछ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निकट स्रोतले भन्यो ‘पार्टीका तर्फबाट निकालेको बिज्ञप्ती र सरकारको बिज्ञप्ती एकै नहुँन पनि सक्छ ।’ अमेरिकी दूतावासले सरकारको धारणा मागेपछि प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । नेताहरुसँगको छलफलपछि सरकारले आफ्नो धारणा बाहिर ल्याउने तयारी गरेको छ ।

प्रचण्डले निकालेको बिज्ञप्तीलाई लिएर कुटनीतिक क्षेत्रका ब्यक्तिहरुले पनि असन्तुष्टी जनाएका छन् । बिज्ञप्तीमा उल्लेखित भाषा कुटनीतिक मर्यादाभन्दा बाहिर र विद्राही नेताको अभिब्यक्ति जस्तो भएको टिप्पनी गरेका छन् । आइतवार सार्वजनिक विदाकै दिन अमेरिकी दूतावासले पत्र लेखि धारणा मागेको छ । दूतावासको धारणाले प्रधानमन्त्रीलाई धर्मसंकटमा फसाएको छ भने नेपाल र अमेरिकाबीचको सम्बन्धमा पनि तुसारापात भएको छ ।

Comments