चिकित्सा शिक्षा विधेयकमा कांग्रेस र राजपाद्वारा संशोधन दर्ता

काठमाडौं । राष्ट्रियसभामा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले दुईवटा संशोधन दर्ता गरेको छ ।कांग्रेस सांसद राधेश्याम अधिकारीले बिहीबार संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।यस्तै कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले समेत विधेयकमा संयुक्त रुपमा छुट्टै संशोधन दर्ता गरेका छन् ।

सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन् ।

तीन वटै संशोधनमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाइने उल्लेख छ ।

आजै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ ।

Comments