काठमाडौं । एकसाता लामो अस्पालको उपचारपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल सोमबार डिस्चार्ज भएकी छिन् । ६ माघमा भाइरल ज्वरो आएपछि उनलाई ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थयमा सुधार आउपछि उनको डिस्चार्ज गरिएको छ । आइतवार आयसियूबाट जनरल वार्डमा सारिएकी सीता दाहललाई सोमवार दिउँसो २ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
जनरल वार्डमा सारेपछि उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो । उनको स्वाथ्य अबस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माले जनाएका छन् ।

Comments
Post a Comment