नेपाल आईसीसी वरियता क्रममा स्थान बनाउन सफल

काठमाण्डाै । एक दिवशीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा दर्ज भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो ।

नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ । एक दिवशीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छ। यस्तै बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे एघारौं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३ र युएई १४औं स्थनमा रहेका छन् ।

Comments