तिवारी हत्याकाण्डमा जन्मकैदको सजाय पाएका कुशवाहाले सर्वोच्चबाट पाए सफाइ

काठमाडौं । हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा कर्तव्य जान मुद्दाको अभियोग लागेका रौतहटको कटहरिया नगपालिकाका मेयर सियाराम कुशवाहाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले मेयर कुशवाहालाई सफाइको फैसला सुनाएको हो ।

जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलाशका न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले गएको फागुन २८ मा उनिविरुद्ध जन्मकैदको सजाय सुनाएको थियो ।

तिवारीको हत्या अभियोगमा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जको फैसला उल्टाउँदै सर्वोच्च अदालतले कुशवाहालाई सफाइ दिएको हो ।

Comments