काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम लगभग शून्यको आसपास पुगेको छ । दैनिक तापक्रम घट्दै गएको काठमाडौंको सोमवार विहान .५ डिग्रीमा तामक्रम पुगेको छ । शुक्रवारदेखि १ डिग्रीमा रहेको आपक्रम सोमवार आधा डिग्रीमा पुगेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तापक्रम घटेर शून्यको आसपासमा आएको हो ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको छ । सोमबार बर्षकै कम तापक्रम हो । तापक्रम अझै कम हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । सोमवार दिउँसोको तापक्रम १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । तर मंगलबार बेलुकादेखि भने मौसममा बदलाव आउने छ ।

Comments