इंग्लिश प्रिमियर लिगः वेष्टह्यामले साउथह्यम्पटनलाई हरायो

काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ। गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्याम २–१ ले विजयी भयो। उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरेका थिए ।

गएको जुलाईमा साउथ ह्याम्पटनमा ३६ मिलियन पाउन्डमा लाजियोबाट आएका फेलिपेको यो ८ ‌औं गोल हो । साउथ ह्याम्प्टनका नाथन रेडमण्डले एक गोल फर्काएका थिए। जितसँगै वेष्ट ह्याम युनाइटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । जारी लिगमा ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।

Comments