काठमाण्डौ । नापोलीका खेलाडीलाई समर्थकले दुर्व्यहार गरेपछि इन्टर मिलानले इटालियन सिरी ’ए’ का दुई खेल दर्शक नभएको रंगशालामा खेल्नुपर्ने भएको छ ।
बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेद दुर्व्यवहार गरेका कारण यो सजाए दिइएको हो । जसका कारण सिरी ’ए’ लिग आयोजकले छानबिन गर्दै इन्टरलाई कारबाही स्वरूप दर्शकबिना खेल्नुपर्ने निर्णय गरेको हो ।
इन्टर मिलानले भने कारबाहीबारे अपील गर्ने बताएको छ । यस्तै सिरी ’ए’ ले नापोलीका काउलिबालीलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । इन्टरविरुद्धको खेलमा काउलिबालीले रातो कार्ड पाएका थिए । अंक तालिकामा नेपोली ४१ अंकका साथ लिगको दोस्रो स्थानमा छ भने इन्टर ३६ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

Comments
Post a Comment