जावलाखेल र आर्मीले बराबरी खेल्दै अंक बाँडे

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । आज भएको खेलमा आर्मी जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य भएका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अबसरहरु पाएपनि गोल गर्न नसक्दा आर्मीले जावलाखेलसंग अंक बाँड्न बाध्य भयो । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न भने सकेन ।

बराबरीसंगै आर्मीले २२ अंक बनाएको छ । आर्मी अंक तालिकाको चौथो स्थानमा छ । जावलाखेल १२ अंक जोडेर तालिकाको नवौ स्थानमा छ भने मनाङले उपाधि होल्ड गरिसेकेको छ ।

Comments