राजा वीरेन्द्रको ७४ औं जन्मजयन्तीकाे अवसरमा ‘हिम्मत भए पूर्व राजालाई जेल हाल्न’ चुनाैति दिदै युवाहरु सडकमा

काठमाडाैं । स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती समर्थकहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।  जावलाखेलमा रहेको राजा विरेन्द्रका शालिकमा विहान माल्यार्पण गरिएको छ ।

त्यसैगरी शाही युवा शक्ति नेपालले राजा वीरेन्द्रको ७४ औं जन्मजयन्तीका अवसरमा राजधानीमा राजतन्त्रकाे माग गर्दै वृहत माेटरसाइकल र्‍याली निकालेकाे थियाे । राजाकाे पक्षमा निकालिएकाे युवाहरुकाे र्‍यालीमा हिम्मत भए पूर्व राजालाई जेल हाल्न सरकारलाई चुनाैति दिदै नाराजुलुस गरिएकाे थियाे । 

२०४६ सालको आन्दोलनपछि बहुदलको पुनर्वाहली गरेका तत्कालीन राजा विरेन्द्र शाहलाई जनताकाे प्रिय राजाको रुपमा लिने गरिएको छ। २००२ साल पुस १४ गते जन्मिएका विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड अझैसम्म रहस्यमय छ । तर दरवार हत्याकाण्ड अझै रहस्यमय नै छ ।

पछिल्लाे समय नेपालमाे राजनीतिक वृतमा हिन्दु धर्म र राजतन्त्रकाे बहस तातिरहेकाे छ । याे बहसले गणतन्त्रमाथि थप चुनाैति थपेकाे   छ ।

Comments