महिला सुधार केन्द्रमा प्रहरीको छापा ४९ महिलाको उद्धार, चारजना नियन्त्रणमा

काठमाडौं । विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिको सुधार केन्दंबाट ४९ महिलाको उद्धार गरेको छ भने चार जनालाई नियन्त्रणमा लिएको छ ।

विहीबार प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो । उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । महिलाहरुलाई त्यहाँको सुधार केन्द्रमा राखिएको थियो ।
गैरकानुनीरुमपा सञ्चालन हुँदै आएको सुधार केन्द्रमा अबैध काम पनि हुने गरेको सुचना पाएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा चार जना संचालक पक्राउ परेका हुन् ।

Comments